काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अग्रणी समाजसेवी शंखधर साख्वाले तत्कालीन समयमा गर्नु भएको कामबाट अहिले पनि उत्तिकै प्रेरणा मिल्ने बताएका छन् ।
आइतबार सिंहदरबारस्थित कार्यकक्षमा ‘नेपाल संवत् विशेषाङ्क’को अनावरण पछि सापकोटाले देशभक्ति र समाजसेवामा साख्वाबाट धेरै सिक्न सकिने चर्चा गरे । ‘नेपाल संवत् विशेषाङ्क’मा राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालीन समयमा गरेको योगदान र सञ्चालनमा आएको नेपाल संवतका विषयका सामग्रीहरु रहेका छन् ।
