रोनाल्डोको अर्को कोसेढुङ्गा: पूरा गरे व्यक्तिगत ७५० क्यारियर गोल

प्रज्जवल थापा । युभेन्टस तथा पोर्चुगलका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले व्यवसायिक खेल जिवनमा अर्को कोसेढुङ्गा पूरा गरेका छन् । रोनाल्डोले गत राती ड्यानामो किभविरुद्धको खेलमा एक गोल गर्दै करियरको ७५० औं गोल पूरा गरेका हुन् ।

बुधबार राती च्याम्पियन्स लिग अन्तर्गत ड्यानामो किभ विरुद्धको खेलमा ५७ औँ मिनेटमा रोनाल्डोले गोल गरेका थिए । उक्त खेल युभेन्टसले ३-० गोलले जितेको थियो । सन् २०१८ मा रियल म्याड्रिड छोडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबको लागि ९७ खेलमा ७५ गोल गरिसकेका छन् ।

यस्तै सन् २००८ मा म्यान्चेस्टर युनाइटेडबाट विश्व रेकर्ड रकममा रियल म्याड्रिड भित्रिएका रोनाल्डोले स्पेनिस क्लबको लागि ४३८ खेलमा ४५० गोल गरेका थिए । त्यसक्रममा उनले क्लबका लेजेन्ड राहुलको ३२३ गोलको किर्तिमान टोडेका थिए ।

३५ वर्षिय रोनाल्डोले यसअघि स्पोर्टिङ लिस्बोनबाट ५ गोल र म्यान्चेस्टर युनाइटेडको लागि २९२ खेलमा ११८ गोल गरेका थिए । पोर्चुगलको लागि १७० खेलमा १०२ गोल गरेका रोनाल्डो सार्वधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । उनी भन्दा अगाडी इरानका अलि दाई १४९ खेलमा १०९ गोल सहित शिर्ष स्थानमा छन् ।

रोनाल्डोले समाजिक सञ्जाल मार्फत आफुलाई हौसला प्रदान गर्ने सम्पुर्णलाई धन्यवादपनि दिएका छन् । उनले लेखे, ” ७५० गोल, ७५० खुशीका पलहरु, समर्थकको मनमा ७५० खुशीहरु, मलाई यस अदभूत कोसेढुङ्गा पूरा गर्न सहयोग गर्नुहुने सबै खेलाडीहरु, प्रशिक्षकहरुलाई धेरै धन्यवाद, साथै विपक्षी प्रतिद्वन्द्वीलाईपनि विशेष धन्यवाद जसले गर्दा मलाई सधै कडा र कठिन मिहिनेत गर्न उर्जा मिल्यो ।”

तस्बिर: एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *