नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

वास्तविक परीक्षार्थी बझाङ दुर्गाथली गाउँपालिका–४ का २२ वर्षीय मुकेश भण्डारीको सट्टामा परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी डोटी सायल गाउँपालिका–६ का २२ वर्षीय सुमन खड्कासमेत दुवैलाई पक्राउ गरी कानूनबमोजिम थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *