रोनाल्डोबिना युभेन्टसको बराबरी

प्रज्जवल थापा । सुपरस्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्टस बराबरीमा रोकिएको छ । सिरि ए अन्तर्गत भएको खेलमा युभेन्टस बेनेभेन्टोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

शनिबार राती भएको खेलमा युभेन्टसले शुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको २१ औँ मिनेटमा फेड्रिको चेसाको पासमा अल्भारो मोराटाले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा गाटानो लेटिजियाले गोल गर्दै बेनेभेन्टोलाई बराबरीमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनी सदुपयोग गर्न सकेनन् । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा अल्भारो मोराटाले रातो कार्ड पाएपछि युभेन्टसले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । बराबरीसँगै दुवै टोलीले एक-एक अङ्क बाढेका छन् । प्रशिक्षक पिर्लोले प्रमुख खेलाडी रोनाल्डोलाई बेनेभेन्टोविरुद्धको खेलमा विश्राम दिएका थिए ।

बराबरीसँगै युभेन्टस ९ खेलमा १७ अङ्क जोड्दै तालिकाको पाचौँ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *