पोखरास्थित सैनिक आवासीय महाविद्यालयको भवन शिलान्यास

काठमाडौँ । सैनिक आवासीय महाविद्यालय पोखरामा बीबीए पठनपाठनका लागि आवश्यक पर्ने भवनको शिलान्यास गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले महाविद्यालयको १९औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार भवनको शिलान्यास गरेका हुन् ।

सोही अवसरमा बीबीए पठनपाठनको औपचारिक थालनीसमेत भएको सेनाले जनाएको छ। वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै प्रधानसेनापतिले उक्त महाविद्यालयको वार्षिक मुखपत्र फूलबारी विमोचन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *