काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले पराजित गर्दै धनगढीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन अफिज ओलावालेले निर्णायक गोल गरे । खेलको इन्ज्युरी समयमा अहमद हिजाजरीको पासलाई अफिज ओलावोलेले गोल गरेर धनागढीलाई जित दिलाएका हुन् ।
लगातार दोस्रो जितसँगै धनगढी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। धनगढीले २ खेलबाट ६ अंक जोडेको छ। लगातार दोस्रो हार व्यहोरेको लुम्बिनी भने अंकविहिन रुपमा तालिकाको पुछारमा छ।