नेपाली टोलीको जापानमा अभ्यास शुरु

काठमाडौं । २० औँ एसियाली खेलकुदको लागि जापान पुगेको नेपाली क्रिकेट टोलीले त्यहाँ अभ्यास शुरु गरेको छ ।

पहिलोपटक क्रिकेटमा पदक जित्ने लक्ष्यसाथ नेपाल जापान प्रस्थान गरेको थियो । यसअघि तीनपटक नेपाल क्वाटरफाइनलबाट बाहिरिएको थियो । समूह ‘ए’मा रहेको नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्दै एसियन गेम्सको शुरुवात गर्नेछ । दोस्रो खेल नेपालले शनिबार जापानसँग खेल्नेछ ।

समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्नेछन् ।

क्वाटरफाइनलमा पुग्न सकेको खण्डमा नेपालले भारत र श्रीलंका मध्ये एक टोलीसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *