काठमाडौँ । काठमाडौँमा आज हुन लागेका दुईवटा छुट्टाछुट्टै समूहको विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।
आज बिहान साढे दश बजेबाट हुने भनिएका दुई समूहका प्रदर्शनका कार्यक्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायले आफ्ना सबै संयन्त्रलाई सडकमा परिचालन गरिसकेको छ।
आज (बिहीबार) मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष दल आबद्ध नेकपा एमाले आबद्ध २३ सङ्गठनहरूले प्रदर्शनका कार्यक्रम राखेका छन् । यी दुई समूहबिच हुनसक्ने सम्भावित घटनालाई नियन्त्रण गरी सुरक्षा दिन सुरक्षा निकायले सडकमा आफ्नो दरो उपस्थिति रहेको जानकारी दिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र बहादुर खत्रीले सडकमा स्ट्राइकिङ फोर्स, रिजर्भ टोली, मोबाइल टोली तम्तयार अवस्थामा राखेको जानकारी दिएका छन्।