एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप-२०२३ अन्तर्गत जारी फाइनल खेलमा घरेलु टोली भारतले अष्ट्रेलियालाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी फाइनल खेलमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रन बनाएको हो । भारतको लागि केएल राहुल र विराट कोहलीले सतक बनाउँदा अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् । राहुलले १ सय ७ बलमा १ चौकाको मद्दतमा ६६ रन बनाउँदा विराटले ५४ रन बनाए । उनले ६३ बलमा ४ चौका प्रहार गरे । यस्तै कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ र कुलदिप यादवले १० रन बनाए ।
अष्ट्रेलियाको लागि मिट्चेल स्टार्कले १० ओभरमा ५५ रन दिएर ३ विकेट लिँदा जोश हज्लेवुड र प्याट कमिन्सले दुई-दुई तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक-एक विकेट लिए ।