महिला टि–२० मा नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । महिला टि–२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ । हङकङमा जारी खेलमा नेपालले ४ विकेटको क्षतिमा जापानविरुद्ध ११३ रन बनाएको हो । टस जितेर जापानले पहिले फिल्डिङ रोजेको थियो ।

निर्धारित ओभरमा काजल श्रेष्ठ र अस्मिना कर्मचार्य अविजित रहे । नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्। त्यसैगरी कप्तान इन्दु बर्माले २७ रन, काजल श्रेष्ठले १५ रन, पूजा महतोले १३ रन, सीता रानामगरले ९ रन र अस्मिना कर्मचार्यले १ रनको योगदान गरिन् ।

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपाल र जापान दुबै देश दुई खेलमा पराजित भइसकेका छन्। उनीहरु जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् भने तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। आइसिसी बरियतामा तान्जानिया १९ औँ, नेपाल २१ औँ, हङकङ २२ औँ र जापान ५१ औँ स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *