पुलिस आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा, सहारा पहिलो खेलबाटै बाहिरियो

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा आजबाट शुरु भएको २४ औं आहा ! रारा गोल्ड कप-२०८१ को क्वाटरफाइनलमा पुगेको हो । मंगलबार दिउँसो भएको उद्धाटन खेलमा आयोजक सहारा क्लबलाई १-० गोलले हराउँदै पुलिस विजयी भएको हो ।

पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन उज्जवल राईले निर्णायक गोल गरे । खेलको ३६ औं मिनेटमा उज्जवलले कर्नरबाट सिधैं गरेको गोलनै पुलिसको जितमा निर्णायक बन्यो ।

अब पुलिसले क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक सहारा भने पहिलो खेलबाटै बाहिरिएको छ । भोलि बुधबार हुने प्रि-क्वाटरफाइनलको खेलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लब र मछिन्द्र फूटबल क्लब भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *