फरार अभियुक्त ३० वर्षपछि पक्राउ

महेन्द्रनगर । तीस वर्षदेखि फरार रहेका अभियुक्त शुक्रबार कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *