पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । सराङकोटबाट सोमबार दिउँसो टेन्डम उडान भरेको फिस्टेल प्याराग्लाइडिङको प्यारा दुर्घटना भएको हो ।
दुर्घटनामा ३८ वर्षीय प्यारापाइलट राजु नेपालीको मृत्यु भएको छ भने काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छिन् । घाइते शिलालाई उपचारार्थ मेट्रोसिटी अस्पताल भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिएका छन् ।