काठमाडाैँ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भारतीय मिडियाले नङ्ग्याएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदुत यान्छिका विषयमा भारतीय मिडियामा आएका समाचारप्रति लक्षित गर्दै मन्त्री भट्टराईले भारतीय मिडियामाथि पूर्वीय सभ्यताको उपहास भईरहेको टिप्पणी गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, “नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय संचार माध्यममा आईरहेका समाचार तथा टिप्पणी हेर्दालाग्छ पूर्वीय सभ्यताको उपहास भईरहेको छ । उनीहरुले आफैँलाई सरेआम नङ्ग्याइरहेका छन् । दया लाग्छ उनीहरुको चिन्तनप्रति । “
