सेन्सर बोर्ड र विकास बोर्ड खारेज गर्दा हुन्छः निर्देशक बिडारी

काठमाडौं । चलचित्र निर्देशक सुजित बिडारीले सेन्सर बोर्ड र विकास बोर्ड खारेज गर्नुपर्ने बताएका छन् । चलचित्र ‘एक भगवत् गीता’लाई धार्मिक संगठनहरूको दबाबका कारण विकास बोर्डले सेन्सर अनुमति नदिएपछि उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘यो सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड खारेज गरिदिउँ । आ–आफ्नै संघ संगठनले सेन्सर गर्ने भएपछि यीनको के काम ? राजनैतिक फिल्म बनाए सर्वदलीय समिति बनाएर सेन्सर गरौं, पारिवारिक चलचित्र बनाए नेपाल परिवार दललाई सेन्सर गर्न दिउँ । विधि–विधान, नीति–नियम नमान्ने थिती बसालेर हामी फेरि ढुङ्गे युगमा फर्कन खोजेको हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *