इथियोपिया । अफ्रिकी मुलुक इथियोपियामा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको त्यहाँको मानव अधिकार आयोगले जनाएको छ ।
आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा हतीयारधारी आतंककारी समूहले आक्रमण गरेका थिए । केहि समयदेखी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा विभिन्न जातीय समूहहरुबीच हुने गरेका हिंसात्मक आक्रमण–प्रत्याक्रमणबाट सयौं व्यक्तिको ज्यान जानुका साथै हजारौं मानिस विस्थापित भएका छन् ।
आक्रमणकारी समूहको पहिचान र आक्रमण गर्नुको कारण भने मानव अधिकार आयोगले खुलाएको छैन ।
