महिला विश्वकपमा दर्शक संख्या बढ्दो

काठमाडौं । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपमा दर्शकको संख्या बढेको विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ।

जारी महिला विश्वकपमा अन्तिम १६ को समीकरण पूरा हुँदा कुल ४८ खेल भएका थिए । अहिलेसम्म १२ लाख २२ हजार आठ सय २२ जनाले प्रत्यक्ष महिला विश्वकप हेरेको फिफाको तथ्यांक छ। यो तथ्यांक चार वर्षअगाडि फ्रान्समा सम्पन्न विश्वकपभन्दा अहिले २९ प्रतिशतले बढी हो । फिफाले आशा गरिएभन्दा बढी दर्शकले महिला फुटबल हेरेको पनि जनाएको छ। शनिबारदेखि नकआउट चरणको खेल हुँदै छ । अहिलेसम्म औसत २५ हजारले फुटबल हेरेको आयोजकको भनाइ छ ।

यस पटक महिला विश्वकप निकै रोमाञ्चक बनिरहेकाले पनि नकआउट चरणमा दर्शक बढ्ने फिफाको विश्वास छ । न्युजिल्यान्डमा भन्दा अस्ट्रेलियामा धेरै दर्शक आएका छन् । जापानले न्युजिल्यान्डमा कोस्टारिकालाई २–० ले हराउँदा सात हजार दर्शक उपस्थित थिए । जसले गर्दा रंगशालाका सिट केही खाली देखिएको थियो । अहिलेसम्म १७ लाख १५ हजार टिकट बिक्री भइसकेका छन् । यो फिफाको १३ लाख लक्ष्यभन्दा बढी हो। ‘फाइनल सम्ममा अभैm धेरै दर्शक आउने विश्वास छ ।

करिब १९ लाख दर्शकले स्टेडियमको ढोका पार गर्नेछन् भन्नेमा हामी विश्वस्त छौं,’ फिफाकी महिला फुटबल प्रमुख सेराई बेरमेनले भनिन्, ‘यस विश्वकप पनि उत्कृष्ट भइरहेको छ । त्यसैले हाम्रा आशाभन्दा धेरै पक्षले बढी नै भइरहेको छ । विभिन्न सञ्चारमाध्यमबाट पनि फुटबल हेर्ने दर्शक बढेको छ । अमेरिका र नेदरल्यान्ड्सबीचको खेल अहिलेसम्मकै धेरै दर्शकले टेलिभिजनबाट हेरेको फिफाले जनाएको छ ।’ नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *