प्रकाश सपुतको ‘दमाई महाराज’

काठमाडौं । गायक प्रकाश सपुतले नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ सार्वजनिक गरेका हुन् ।

गीतमा सपुतलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदीप सागरले संगीत संयोजन गरेका छन् ।

गीतमा गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् भने प्रकाश सपुत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ । मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायाँकन गरेको गीतलाई प्रवीण भट्टले सम्पादन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *