बैतडीमा कोरोना संक्रमतिको संख्या २९५ पुग्यो

बैतडी। बैतडीमा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकु काठमाडौंमा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । पाटन नगरपालिका वडा नं १ का १८ बर्षीय र ३१ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो ।

उनीहरु दुवै जना आइसोलेसनमा रहेको र स्वास्थ्यकर्मीहरुको नियमित सम्पर्कमा रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसंगै पाटन नगरपालिकामा संक्रमितको संख्या १४ पुगेको छ ।

आज पुष्टि भएका बाहेक अरु सबै डिस्चार्ज भईसकेका महराले जानकारी दिए । आज थप दुईजनामा कोरोना पुष्टी भएसंगै बैतडीमा संक्रमितको संख्या २९५ पुगेको छ । सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् । यस्तै शिवनाथ गाउँपालिकाका ४८ , दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४० , दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७, सुर्नया गाउँपालिकाका १४, पाटन नगरपालिकाका १४, पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ ।बैतडीमा गत जेठ ९ गते पहिलोपटक कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *