काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बाइडन र ह्यारिसलाई बधाई दिएका हुन् । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । उपराष्ट्रपति पदमा बाइडनकै तर्फबाट कमला ह्यारिस निर्वाचित भएकी छन् ।