काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नामको अगाडि विशेषण जोड्नु आवश्यक नभएको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले देशको नामको अगाडि विशेष जोड्नु आवश्यक नभएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि विशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक छ । नाम अगाडि रहेका विशेषण हटाउँदा षड्यन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’