काठमाडौं । गायक प्रदीप कार्कीको ‘तै मायाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार गरिएको गीतमा दीपकको शब्द तथा संगीत रहेको छ ।
जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । डान्सिङशैलीमा तयार छमछम नचाउने सार्वजनिक गीतले एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाएको छ ।
मोडल सुनिल क्षेत्रीको अभिनय रहेको तै मायाको निर्देशन पनि उनले नै गरेका हुन् । जसमा अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिएकी छिन् । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका हुन् ।
