काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फूटबल क्लब पराजीत भएको छ । बुधबार दिउँसो भएको खेलमा मछिन्द्रलाई २-१ गोलले हराउँदै चर्च ब्वाइज युनाइटेड लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजलाई जीत दिआउन अन्जन विष्टले एक गोल गर्दा एक गोल उपहार पाएको हो । मछिन्द्रको लागि करिम ओमोलाजाले एक गोल फर्काए ।
जीतसँगै चर्च ब्वाइज १६ खेलबाट ३० अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिदा समान खेलबाट २४ अंक जोडेको मछिन्द्र चौथो स्थानमा यथावत छ ।