न्युर्योक । अमेरिको राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका जो बाइडेन विजयको नजिक पुगेका छन्।
उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये वियजका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्याएका छन्।
नेपाली समयअनुसार बिहीबार बिहानसम्म उनले २५३ सिटमा जित निश्चित गरेका छन्।
उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१३ सिटमै आफूलाई सीमित राखेका छन्। विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन्।
