‘दुई कदम’को ८० प्रतिशत छायाँकन सकियो

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’को ८० प्रतिशत छायाँकन सकिएको छ । चलचित्रको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ ।

दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक चलचित्रमा तारादेवी लिम्बुको निर्माण छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहको चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ ।

निर्देशक सुब्बाले दर्शकलाई एउटा राम्रो प्रेमकथाको चलचित्र दिनका लागि आफूहरुले मेहनत गरिरहेको बताए । अभिनेता पहारीले धेरै समयपछि अलिक फरक किसिमको प्रेमकथाको फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताए ।

विक्रम डिसीको छायाँकन रहेको चलचित्रमा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य छ । चलचित्र भदौमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *