पोखरा विश्वविद्यालयको परीक्षासम्बन्धी काम सुचारु हुने

क्षितिज पाैडेल

पोखरा । कोरोना भाइरसको महामारी तथा महत्वपूर्ण पदहरु रिक्त भएका कारण रोकिएका पोखरा विश्वविद्यालयका परीक्षा र परीक्षासँग सम्बन्धित सबै काम सचारु हुने भएका छन् ।

वरिष्ठताका आधारमा विश्वविद्यालयकै प्राध्यापक टेकराज ज्ञवालीको नियुक्तिसँगै लामो समयदेखि रोकिएका परीक्षाफल पनि प्रकाशित गरिने भएको हाे । केही परीक्षाका नतिजा आजै पनि प्रकाशित हुनसक्ने पोखरा विश्वविद्यालयका एक अधिकारीले नेपाल समाजलाई बताए ।

“परीक्षा नियन्त्रकको नियुक्तिसँगै परीक्षासमितिको नियमित बैठक बस्ने र परीक्षासम्बन्धी सबै काम नियमित हुनेछन्,” ती अधिकारीले भने, “ट्रान्सकिप, ग्रेससिट बनाउने काम पनि सुचारु हुनेछन् ।”

विगत एक वर्षदेखि उपकुलपति, रजिष्ट्रारलगायत महत्त्वपूर्ण पद रिक्त हुँदा गतवर्ष लिइएको परीक्षाको नतिजासमेत प्रकाशित हुन सकेको थिएन । रोकिएका सबै परीक्षाफल प्रकाशित गर्ने र नयाँ परीक्षाका रुटिनहरु पनि छिट्टै प्रकाशित गरिने ती अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *