दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् बैशाख ८ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० बैशाख ८ गते शुक्रबार इश्वी सन् २०२३ अप्रिल २१ तारीख वैशाख शुक्लपक्ष प्रतिपदा तिथि पश्चात् द्वितीया तिथि भरुणी नक्षत्र प्रिति योग बालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मुद्गर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु चन्द्रोदय, छन्द दिवस,ल.पु. मत्स्येन्द्रनाथ रथारोहण बुंगद्यः रथय तइगु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य कार्यका लागि अधिक श्रम खर्चनुपर्ने समय रहेको छ । नयाँ मित्रहरुसँगकाे परिचय तथा साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहने छन् । अधुरा कार्यहरु सम्पादन गर्न मातृपक्षको साथ सहयोग आवश्यक रहने छ । नयाँ लगानप्मा भने विशेष साबधानी अपानाउनु उत्तम रहने छ । प्रेम सम्बन्धमा सुधारको योग रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नजिकका मित्र तथा दाजुभाइहरुसँगको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जीवन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहने छ । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनुपर्ने योग रहेको छ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ कार्यको प्रारम्भले मन प्रशन्न रहने छ । भोज भतेरजन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्ययन अध्यापनका क्षेत्रमा प्रभाव पार्ने समय रहेको छ । शत्रु परास्त्र हुनेछन्, र शुभ चिन्तकको संख्यामा वृद्धि हुनेछ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोगबाट भने अधुरा कार्य सम्पादनमा सहयोग मिल्नेछ । सभा सम्मेलनजन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भावना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारिक झोर झमेलाको सम्भावना रहेको छ । स्मरणीय यात्राको सम्भावना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य चोट पटकको सम्भावना रहेता पनि मित्रजनहरुको साथ सहयोगबाट व्यक्तित्व विकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानीका क्षेत्रमा बृद्धि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ सजग रहनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ, साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । मान्यजनको साथ सहयोगको कमि महसुस गरिने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गर्नुपर्ने छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगको भेटघाटमा मन प्रशन्न रहने छ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । वाैद्धिक व्यक्तित्वसँग भेटघाटको अवसर जुट्ने छ । सामान्य संघर्ष पश्चात् मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछन् । व्यापार व्यवसायका लागि राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना गर्नुपर्ने हुन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसमा कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ लगानीका क्षेत्रमा समय राम्रो छैन, सजग रहनुहोला । सामान्य चोटपटकको सिकार भईन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्ति योग रहेको छ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *