पर्वत । पर्वतको मोदी गाउँपालिकामा कोरोना संक्रमण फैलन नदिन पाँच लक डाउन गरिने भएको छ ।
मोदी गाउँपालिकाले गरेको कोरोना संक्रमित ब्यक्तिको सम्पर्क पहिचान(कन्ट्रयाक्ट टे«सिङ्ग’ को काम भैरहेकाले समुदायमा संक्रमण फैलन नदिन सोमबार राती १२ बजे देखि पाँच दिन लक डाउन गर्न लागिएको हो ।
मोदी गाउँपालिकाको पालिकास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले पाँच दिन सम्म पालिकाका सबै सेवा र अत्याबश्यक बाहेक सबै पेशा ब्यबसाय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
पर्वतको मोदी गाउँपालिकामा पाँच दिन ‘लक डाउन’
