काठमाडौं । आफैँले संरक्षण दिएकी बालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यवसायी सुशील चटौतलाई जिल्ला अदालत ललितपुरले १८ वर्ष एक महिना कैद सजाय हुने फैसला गरेको छ । चटौतलाई सोमबार जिल्ला अदालतकी न्यायाधीश सीता अधिकारीको इजलासले सजाय निर्धारण गरेको हो ।
व्यवसायी चटौतमाथि आफैँले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो । जिल्ला अदालतले १५ चैतमा उनलाई उक्त कसुरमा दोषी ठहर गरेको थियो ।
अदालतले पीडितलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । त्यस्तै पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गराउन पनि आदेश भएको छ ।
