विमानमा सहयात्री महिलामाथि पिसाब फेर्ने पक्राउ

रालेह । अमेरिकी प्रहरीले यसै महिनाको शरुमा डेल्टा एयरलाइनको उडानमा आफ्ना सहयात्री माथि पिसाव फेरेको आरोपमा लगाइएका रालेह निवासी एक पास्टरलाई पहिचान गरेको छ ।
प्रहरीले गत १३ अक्टोवरमा विमान अवतरण भएपछि डेट्रोइट मेट्रो विमानस्थलमा ड्यानिय चाल्मर्स नामक ती अभियुक्तलाई पक्राउ गरिएको पुष्टि गरेको छ ।
विन्स्टन – सलेम जर्नलका अनुसार एलिसिया बेभर्ली नामक महिला यात्रुले बिहान करिव २ बजेर ४५ मिनेट जाँदा अचानक निँद«ा खुल्दा ति अपरिचित पुरुषले मज्जाले आफ्नो शरिरमा पिसाब फेरिरहेको बताएकी थिईन । उनलाई के गरेको भनी सोधिँदा उनले आफुलाई बाथरुममा छुं जस्तो लागेर उनी माथि पिसाब फेरेको गैर जिम्मेवारीपूर्ण जवाफ दिएका थिए ।
पिडित महिलाले आफुमाथि भएको दुव्र्यवहारबारे विमानमा सबैलाई सुचित गरेपछि विमान अवतरण हुना साथ चाल्मर्सलाई प्रहरीले हिरासतमा लिएको थियो ।
शुरुमा उनले आफु पास्टर भएकाले आाफुबाट त्यस्ते अनैतिक कार्य हुनै नसक्ने भन्दै आफु माथि लगाइएको आरोप अस्विकार गरेका थिए । उनको पिसाबबाट पिडितको लुगा र सिट भिजेको अवस्थामा भेटिएको थियो । उनी रालेह स्थित लव विन्स मिनिस्ट्रजका प्रमुख पास्टर हुन् ।
साथै उनी क्याच दि फायर रालेह –डह्र्याम चर्चका सदस्य पनि हुन् । प्रहरीले उनको कट्टु भिजेको र रक्सीले मात्तिएका उनका आँखा राता भएको तथा उनले आफु मानसिक उपचार क्रममा रहेको बताएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *