गाउँपालिकाका पूर्वअध्यक्षले ९१ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका पूर्वअध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिहीबार आयोगले बानियाँको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०७४ असार २१ देखि २०७८ फागुन ३० सम्मको अवधिको उनको सम्पत्ति विवरण अनुसन्धान गर्दा झण्डै ९२ लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *