काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यस वर्षको चियापान कार्यक्रम स्थगित गरेको छ । कोरोनाभाइरस महामारीका कारण नेकपाले यो वर्ष चियापान कार्यक्रम नगर्ने निर्णय गरेको मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।
विगतका वर्षहरुमा आयोजना गर्दै आइरहेको यो शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण स्थगित गर्न परेको नेकपाले जनाएको छ ।
यसअघि नेकपाले बडादशैं, तिहार, नेपाल सम्वत्, छठलगायतका चाडवाडको अवसरमा यस्ता कार्यक्रम गर्दै आएको थियो ।
नेपाली कांग्रेस कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको यस्तै चियापानसहितको शुभकामना आदानप्रदान कार्यक्रम यसअघि नै रद्द गरेको थियो ।