प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा किङ्स ११ पंन्जावले लगातार चौथो जित निकालेको छ । शनिबार भएको खेलमा पंन्जावले सनराइजर्स हैरबादलाई १२ रनले पराजित गरेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा हैरबादले टस जितेर पंन्जावलाई ब्याटिङको निम्तो दिएको थियो । पंन्जावले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२६ रन बनायो । पंन्जावको लागि निकलोस पोरानले २८ बलमा २ चौकाको मद्दतमा सार्वधिक ३२ रन बनाए । कप्तान केएल राहुलले २७ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन जोड्दा मन्दिप सिंहले १७, क्रिस गेलले २० र म्याक्सवेलले १२ रन जोडे ।
हैरबादको लागि सन्दिप शर्माले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । यस्तै खलिल अहमदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिदा रसिद खानलेपनी ४ ओभरमा १४ रन दिएर २ विकेट लिए ।
१२७ रनको विजयी लक्ष्य पछ्याएको हैरबादले १९.५ ओभरमा अलआउट हुँदै मात्र ११४ रन बनायो । हैरबादको लागि डेभिड वार्नरले २० बलमा ३ चौका र २ छक्काको मद्दतमा ३५ रन बनाए । जोनि ब्रेस्ट्रोले १९, मनिष पाण्डेले १५ र विजय शङ्खरले २६ रन बनाउदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पंन्जावको लागि अर्शदिप सिंहले ३.५ ओभरमा २३ रन दिएर ३ विकेट लिए । क्रिस जोर्डानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिदा मोहमद सामी, मुर्गान अश्विन र रवि बिश्वनिले समान १ विकेट लिए । जितसँगै पंन्जाव ११ खेलमा ५ जित र ६ हारसहित १० अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।
