दुई करोड १० लाख विगो माग दाबी गर्दै तत्कालीन भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

केसीले जागिरको अवधि २०४३ सालदेखि २०७८ सालसम्ममा ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ आम्दानी गरेका थिए । जसमध्ये अख्तियारले गरेको अनुसन्धानका क्रममा २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ बराबरको सम्पतिको स्रोत खुल्न नसकेको अख्तियारले ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *