माटो खन्दा जाजरकोटमा दुईको मृत्यु, दुई गम्भीर घाइते

जाजरकोट । छेडागाड नगरपालिका–३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएको छन् ।

मृत्यु हुनेमा छेडागाड– ३ की ३० वर्षीया शीतला जैसी र १६वर्षीया आरती दाहाल छन् । अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *