काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
भट्टराईले ट्वीटरमा, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’, भनेको छन् ।
चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेशनमा नै रहने उल्लेख गर्दै डा. भट्टराईले भने, “केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।”
