बामफोर्डको ह्याट्रिकमा लिड्स विजयी

प्रज्जवल थापा। प्याट्रिक बामफोर्डको ह्याट्रिकको सहयोगमा इङलिस प्रिमियर लिगमा लिड्स युनाइटेड विजयी भएको छ । शुक्रवार राती भएको खेलमा लिड्स युनाइटेडले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो । लिगमा यो भिल्लाको पहिलो हार हो ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्डले ह्याट्रिक पूरा गरे । सबै गोल दोस्रो हाफमा भएका थिए। खेलको ५५ औँ मिनेट बामफोर्डले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाए ।

६७ औँ मिनेटमा माटेउज क्लिचको पासमा बामफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। ७४ औ मिनेटमा हेल्डर कोस्टाको पासमा बामफोर्डले गोल गर्दै ह्याट्रिक पूरा गरे । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि लिड्स युनाइटेड विजयी भएको हो । जितसँगै भिल्ला ६ खेलमा ३ जित, १ हार र २ हारको साथमा १० अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *