क्रिसमसअघि नै घरेलु सीमाना खोल्ने योजना रहेको अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा जानकारी

अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

मोरिसनले शुक्रबार केन्द्रीय मन्त्रीपरिषद्को बैठकको अध्यक्षता गर्दै पश्चिम अस्ट्रेलियाका पिमियर मार्क म्याकगोवानबाहेक स्थानीय नेताहरूले डिसेम्बर २५ अर्थात् क्रिसमससम्ममा घरेलु सीमा खोल्न सहमत भएका बताएका हुन् ।

मोरिसनले क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा भने, “पश्चिमी अष्ट्रेलियाको अपवादबाहेक हामी सिद्धान्ततः फेरि सहमत बनेका छौँ ।”

अर्थव्यवस्था, समुदाय र समाजमा विभिन्न गतिविधिहरू सुरु मात्र नभई योजनालाई अघि बढाउन सार्वजनिक स्वास्थ्य गतिविधिका आवश्यक कार्यहरू पनि समावेश गरिनेछ, उनले कोभिड–१९ महामारी नियन्त्रणलाई जोड दिँदै भने ।

म्याकगोवानले नोभेम्बरमा होटल क्वारेन्टाइनमा हालसालै फर्केका यात्रुहरूको सङ्ख्या १४० रहेको भन्दै तत्काल धेरै लचकता अपनाउन नहुने धारणा राखेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *