दक्षिणी चीनको हनान प्रान्तमा सौदेल नामक आँधी सक्रिय बनेपछि सामुद्रिक तथा सडक यातायातलाई प्रभावित पारेको छ ।
यस वर्ष चीनमा सौदेलसहित सत्रौँ पटक आँधीले जनजीवनमा क्वाङ्चौ (ग्वान्झाओ) क्षेत्रमा कडा हुरी लाग्दा उक्त क्षेत्रमा पानी जहाज, सडक तथा हवाई सेवा बन्द गर्न बाध्य पारेको प्रान्तीय राजधानी हाइखौको समुद्री सुरक्षा ब्यूरोले बताएको छ ।
त्यस्तै हनान जाने र फिर्ता हुने सबै यात्रुवाहक रेल सेवा पनि बन्द भएको छ ।
आँधीबेहरीको सूचनापछि करिब १८ हजार १८३ माछा मार्न प्रयोग हुने डुङ्गाहरूलाई हेनान जिल्लाको बन्दरगाह शहरमा बिहीबार बिहानैदेखि रोकी राखिएको छ । आँधीका कारण भएको क्षतिका विवरणहरू प्राप्त भैसकेका छैनन् ।
