थप ४ हजार ४४९ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा ४ सय ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ हजार ६९० महिला र २ हजार ८०९ पुरुषमा थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनामा कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । योसहित नेपालमा अहिलेसम्म ८२९ सङ्क्रमितको मृत्यु भएको छ ।

थप २,६६८ सङ्क्रमित निको हुँदा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ भने हजार ६९१ संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *