रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाउने

प्रज्जवल थापा

युभेन्टसका सुपरस्टार क्रिस्ट्यानो रोनाल्डोले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

कोरोना परिक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि रोनाल्डोले युईएफए च्याम्पियन्स लिगअन्तर्गत अर्को साता हुने बार्सिलोनाविरुद्धको खेल गुमाउने निश्चित भएको हो । युईएफएको प्रोटोकलअनुसार खेल हुन एक साताअगाडि खेलाडीको कोरोना  परीक्षण रिपोर्ट नेगेटिभ आउनुपर्ने हुन्छ ।

रोनाल्डोको अक्टोबर १३ मा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि स्विडेनविरुद्धको खेल गुमएका थिए । पोजेटिभ आएलगत्तै रोनाल्डो होम आइसोलेसनमा बसेका थिए । आज फेरि गरिएको परीक्षणमा पनि पोजेटिभ आएपछि बार्सिलोनाविरुद्धको खेल गुमाउने निश्चित भएको हो । अब मेस्सी र रोनाल्डोको भेटको लागि डिसेम्बर ९ सम्म कुर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *