आइपिएलमा राजस्थान र हैरबाद भिड्दै

प्रज्जवल थापा

इन्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र सराइजर्स हैरबाद भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे सुरु हुनेछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोलि जित निकाल्दै प्लेअफको सम्भावना जिवित राख्न चाहन्छन् । राजस्थानले पछिल्लो खेलमा चेन्नाई सुपर किङ्समाथि ७ विकेटको जित निकालेको थियो । सनराइजर्स भने रोमान्चक खेलमा कलकता नाइट राइजर्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

राजस्थान १० खेलमा ४ जित र ६ हार सहित ८ अंकका साथ छैटौं स्थानमा छ । सनराइजर्स हैरबाद ९ खेलमा ३ जित र ६ हार सहित ६ अङ्क जोड्दै सातौ स्थानमा छ।

राजस्थानको लागि हैरबादका ओपनर डेभिड वार्नर र जोनि ब्रेस्ट्रो टाउको दुखाई बन्न सक्छन् । यस सिजन दुई जोडीले आइपिएलमा राम्रो प्रदर्शन गरिराखेका छन् । राजस्थानको शिर्षक्रमका ब्याट्सम्यान खासै चल्न सकेका छैनन् । आजको खेलमा जित निकाल्नको लागि राजस्थानको ब्याटिङ चल्न जरुरी देखिन्छ । बलिङमा हैरबादको लागि जोफ्रा आर्चर मुख्य हतियार हुनेछन् । उनले यस सिजन १० खेलमा १३ विकेट लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *