पोर्टोमाथि म्यान्चेस्टर सिटि विजयी

प्रज्जवल थापा 

इङ्लिस क्लब म्यान्चेस्टर सिटिले युइएफए च्याम्पियन्स लिगमा विजयी शुरूवात गरेको छ । बुधवार राति भएको खेलमा म्यान्चेस्टर सिटिले पोर्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटिलाई जित दिलाउन सर्जियो अगुइरो, इल्काए गुन्डोगान र फेरान टोरेसले गोल गरे । पोर्टोका लुइस डियाजले गरेको गोल सान्त्वनामा सिमित बन्यो । खेलमा अग्रता भने पाहुना टोलिले लिएको थियो । १४ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै पाहुना टोलिलाई खेलमा अगाडि बढाएका थिए । तर २० औँ मिनेटमा सर्जियो अगुइरोले पेनाल्टीमा गोल गर्दै म्यान्चेस्टर सिटिलाई बराबरीमा ल्याए ।

६५ औँ मिनेटमा इल्काए गुन्डोगानले गोल गरेपछि सिटिले खेलमा अग्रता लिएको थियो । ७३ औँ मिनेटमा फिल फोडानको पासमा फेरान टोरेसले गोल गर्दै सिटिको जित सुनिश्चित गरे । यस्तै समुहको अर्को खेलमा ओलम्पियाकोसले मार्सलेलाई १–० गोल पराजित गरेको हो । ओलम्पियाकोसको लागि एकमेद हसान कोकाले इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *