च्याम्पियन्स लिगमा बार्यनको विजयी सुरुवात

प्रज्जवल थापा

जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन लिगमा विजयी सुरुवात गरेको छ । बुधवार राति भएको खेलमा बार्यन म्युनिखले एथ्लेटिको म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एलिनाज एरिनामा भएको खेलमा बार्यनलाई जित दिलाउन किङ्सले कोमानले दुई, गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे । खेलको २८ औँ मिनेटमा योसुवा किम्मिचको पासमा किङ्सले कोमानले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाए । ४१ औँ मिनेटमा कोमानको पासमा गोरेट्जकाले गोल गर्दै बार्यनको अग्रता दोब्बर बनाए ।

६६ औँ मिनेटमा कोरिन्टिन टोलिसोले गोल गरेपछि बार्यनले खेलमा ३-० गोलले अग्रता लिएको थियो । ७२ औँ मिनेटमा थोमास मुलरको पासमा कोमानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनको जित सुनिश्चित गरे । समुहको अर्को खेलमा लोकोमोटिभ मोस्को र साल्जवर्गले २(२ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *