काठमाडौं । महानगरीय प्रहरी परिसर,ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्तिक ३ गते बेलुका ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट अपहरित बालिकाको सकुशल उद्धार गरेको छ ।
ललितपुर माहालक्ष्मी नगरपालिका ४ इमाडोलबाट अपरिचित ३/४ जना व्यक्तिले बालिकाको अपहरण गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट बालिकाको सकुशल उद्धार गरी अपहरणमा संलग्न सर्लाहीको हरिवनका राजु कार्की, काभ्रेकी सीता परियार र धनुषाका कृष्ण तोलाङ्गीलाई प्रहरीले पक्राउ गरेको हो । घटनाकाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
