आइपीएलमा चेन्नाईको सातौं हार

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपीएल) मा चेन्नाई सुपर किङ्सले सातौं हार बेहोरेको छ । सोमबार भएको खेलमा चेन्नाई राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भयो ।

सेख जायद रंगशालामा भएको खेलमा टस जिते ब्याटिङ गर्न उत्रिएको चेन्नाईले पूरा २० ओभर खेल्दै ५ विकेट गुमाएर मात्र १२५ रन बनाउन सक्यो । चेन्नाईको लागि रवीद्र जडेजाले सार्वाधिक ३५ रन जोडे। उनले ३० बलमा ४ चौका प्रहार गरे । कप्तान महेन्द्र सिंह धोनीले २८ बलमा २ चौकाको मद्दतमा २८ रन जोडे । यस्तै साम कुरानले २२, डुप्लेसीले १० र रायडुले १३ रनको योगदान गरे।

राजस्थानको लागि जोफ्रा आर्चर, कार्तिक ट्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १-१ विकेट लिए । १२६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा १२६ रन बनाउँदै सजिलै भेट्टायो । राजस्थानको लागि जोस बट्लरले सार्वाधिक ७० रन जोडे।

उनले ४८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्ताम स्टिभ स्मिथल्व २६ र बेन स्टोक्सल्व १९ रनको योगफल गरे।

चेन्नाईको लागि दीपक चहारले ४ ओभर बलिङ गर्दौ १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिँदा जोस हज्लेवडले १ विकेट लिए । हारसँगै चेन्नाई ६ अङ्कको साथ अन्तिममा छ भने ८ अङ्क जोडेको राजस्थान पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *