पोखरा । संकटा क्लबले पोखरामा भएको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ गोलले पराजीत गर्दै संकटाले दोस्रोपटक आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि अतिरक्त समयमा पुगेको खेलमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई उपाधि जिताएका हुन् ।
यसअघि पोखरा रंगशालामा भएको खेलमा संकटा क्लबले पहिलो हाफमै दुई गोलको अग्रता लिएपनि गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको हो । खेलको सातौँ मिनेटमा सुरज जीउ ठकुरीले गोल गर्दै संकटालाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा मेसुकेले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए ।
तर पहिलो हाफको अन्तिम समयमा समलिन नसक्दा संकटाले दुई गोल बेहोर्यो । ३७ औं मिनेटमा रेने स्तान्टिलनले गोल गर्दै बिवाइएससीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै बिवाइएससीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै अतिरिक्त समयको १ सय १६ औं मिनेटमा सुनिलले गोल गर्दै संकटालाई जीत दिलाएका हुन् ।