पोखरा । आहा रारा गोल्डकपको सर्वाधिक सफल टोली मनांङ मर्स्याङ्दी क्लब २२ औं संस्करणको पहिलो खेलबाट बाहिरिएको छ । मंगलबार दिउँसो भएको अन्तिम क्वाटरफाइनल खेलमा भुटनिज युथ सपोर्टसँग १-० गोलले पराजीत हुँदै मनांङ पहिलो खेलबाटै घर फर्किएको हो ।
पोखरा रंगशालामा भएको खेलमा भुटजिजलाई जीत दिलाउन प्रविण बस्नेतले निर्णायक गोल गरे । पहिलो हाफको १७ औं मिनेटमा प्रविणले गरेको गोलनै भुटनिजलाई जीत दिलाउन पर्याप्त रह्यो ।
दोस्रो हाफमा मनांङले खेलमा सुधार गरेपनि गोल गर्न नसक्दा प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिन बाध्य बनेको हो । अब भुटनिजले सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।