कलकता सुपर ओभरमा विजयी

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल)मा कलकता नाइट राइडर्सले सुपर ओभरमा जित निकालेको छ । लकि फ्रुगसनको सनदार प्रदर्शनमा कलकताले सनराइजर्स हैरबादलाई पराजित गर्यो ।

सुपर ओभरमा लकि फ्रुगसनले दुई विकेट लिएपछि सनराइजर्सले मात्र २ रन जोडेको थियो। तीन रनको विजयी लक्ष्य कलकता सजिलै भेट्टायो । यसअघि सनराइजर्सले टस जित्दै कलकतालाई ब्याटिङको निम्तो दिएको थियो ।

कलकताले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो । कलकताको लागि शुभमन गिलले सार्वाधिल ३६ रन जोडे । उनले ३७ बलमा ५ चौका प्रहार गरे । राहुल त्रिपाठीले २३ रन जोड्दा नितेश रानाले २९, रसेलले ९, मोर्गानले ३४ र दिनेश कार्तिकले २९ रनको योगदान गरे ।

सनराइजर्सको लागि नतार्जनले ४ ओभर बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिदा बसिल थम्पी, विजय शङ्खर र रसिद खानले १-१ विकेट लिए । १६४ रनको विजय लक्ष्य पछ्याएको सनराइजर्सले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर १६३ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सनराइजर्सको लागि कप्ताम डेभिड वार्नरले सार्वधिक ४७ रन बनाए।

उनले ५ चौका प्रहार गरे। यस्तै जोनि ब्रेस्ट्रोले ३६, केन विलियम्सनले २९, र अबदुल समदले २३ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । कलकताको लागि सनदार प्रदर्शन गरेका लकि फ्रुग्सनले ४ ओभर बलिङ गर्दै १५ रन दिएर ३ विकेट लिए।

यस्तै प्याट कमिङ्स, शिभम मावी र वरुन चक्रभर्तीको नाममा १-१ विकेट रह्यो। जितसँगै कलकता १० अङ्क जोड्दै चौथो स्थानमा यथावत छ भने सनराइजर्स ६ अङ्कको साथ पाँचौ स्थानमा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *