गेफाटेसित बार्सिलोना पराजित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा बार्सिलोना गेफाटेसित पराजित भएको छ। शनिबार राति भएको खेलमा बार्सिलोना गेफाटेसित १-० गोल अन्तरले स्तब्ध भएको हो । कोलिसिअम अलफोन्सो पेरेज स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन गेटाफेका जेइमी माटाले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो।

५६ औ मिनेटमा डि जोङले पेनाल्टी बक्समा एलान न्योममाथि फउल गरेपछि पाएको पेनाल्टीमा जेइमी माटाले गोल गर्दै गेटाफेलाई १–० को अग्रता दिलाएका थिए । थप समयमा बर्सिलोनाले थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा गेफाटे विजयी भएको हो । जितसँगै गेटाफे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिदा बार्सिलोना ४ खेलबाट ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *